TOUR DE – GOSAINKUNDA


बर्षातको मौसम्, बादल  आकाशमा पौडी  खेल्दै थियो, राती परेको पानीले जमिन चिसै थियो र माटोको सुबास हावाको बुइ चढेर घुमिरहेको थियो । एक बर्षको परखाइ र रहर पछी हामीलाई हिन्दू तथा बौद्ध धर्मावलम्बिहरुको महान तिर्थस्थल गोसाइंकुण्ड घुम्ने अवसर जुरेको थियो । धार्मिक उद्देस्य भन्दा पनि काठमाडौंको कोलाहल र दिक्दारिपूर्ण दिनचर्या सँग  केहि दिनकै लागि भए पनि पारपाचुके गरेर हामी गोसाइंकुण्ड  तर्फको यात्रामा रोमाञ्चित हुँदै अघी बढ्यौं । काठमाडौं माछापोखरी बाट छुटेको हाम्रो चार पाङ्रे मोटर कहिले नुवाकोट र रसुवा जिल्लाको नागबेली परेको पहाड्को बाटोसँग पौठेंजोरी  खेल्दै त कहिले तृशुली फाँटको सम्म बाटोमा चिप्लिदै राम्छे पुग्यौ । राम्चेमा पहिरोले बिगारेको मोटर बाटो हामी पैदल हिंडेर पार गर्यौं  र फेरी चार पाङ्रे चढ्यौं। मेला पर्ब परेकोले मान्छेको चाप अत्याधिक थियो अनि चार पाङ्रेको पाङ्रमा बाहेक सबैतिर मान्छेले भरी भराउ थियो ।बर्षातको समय भएकोले  बाक्लो कुहिरो र बादलले डम्मै ढाकेको माहाभारत  पर्बत सृंखलाको बाटो बाट हाम्रो चार पाङ्रे मोटर अगाडी बढ्दै जाँदा  हामी कुहिरोको काग जस्तै भएका थियौं  ।

रसुवा जाने बाटो बाट देखिएको तृशुली नदिको दृश्य

रसुवा जाने बाटो बाट देखिएको तृशुली नदिको दृश्य

मान्छेहरु सायद सही भन्ने गर्छन् कि जिन्दगी एउटा यात्रा हो र हामी पनि अनेकन घुम्ति, उकाली र ओरालीहरुलाई पार गर्दै राती एक जना तामाङ्नी बजैकोमा बास बस्न पुग्यौ ।

पहिरोले बिगारेको बाटोमा अघी बढ्दै

पहिरोले बिगारेको बाटोमा अघी बढ्दै

दिन्भरिको थकान र पानीले चिस्याएको शरिरलाई सायद घरपालुवा झोल नै उत्तम ओखती हुन्थ्यो होला तर नानी देखी नलागेको पिउने बानीका  कारण तामाङ्नी बहिनीले मिठो गरी बनाएर दिएको खानाले मन र पेट दुबै भर्‍यौं ।

पर्बको बेला परेकोले रातभरी जसोनै तिर्थालुहरुको ओहोर दोहोरको आवाज निन्द्रामा कता कता सुनिराखिन्थ्यो । हामी दुबै बिहान सबेरै उठ्ने मामलामा बद् नाम थियौं तेसैले अल्छि गर्दै भएपनी बिहानको आठ बजेतिर गोसाइंकुण्ड तर्फको पैदल यात्रा शुरु गर्यौं । टोनी बैनिले बनाएर दिएको तातो चियाले चिसिएको शरिर तताउँदै अनि डोल्मा बहिनिको मधुर अनि मन्द मुस्कान र तामाङ्नी बजैको शुभकामनाको भारी बोकेर हामी पैदल मार्गको यात्रामा अघी बढ्यौं । बर्षातले चिप्लो बनाएको बाटोमा होशियारी साथ अघी बढ्दै जाँदा कतै खोलाले संगीत सुनाउँथ्यो त कतै खोला माथिको झोलुङ्गे पुलले सानो नानीलाई डोलिमा राखेर हल्लाए जस्तै पिङ खेलाउँथ्यो । बाटोभरी तिर्थालुहरुको भिड कमिलाको लस्कर जस्तै थियो । पैदल यात्राको क्रममा थकानको साथ साथ रोमाञ्चक्ता, उमङ्ग अनि उत्सुक्ता पनि थपिंदै थियो ।बाटोभरी भेटिने छाप्रे पसलहरुमा खान बस्नको लागी काम चलाउ सुबिधा त छदैं थियो भने पैसा भएका हरुका लागी घोंड चढिको सुबिधा पनि।  IMG_6568

हामी भने कहिले कुहिरो छिचोल्दै त कहिले रोपाइं गर्न तयार पारेर राखेको खेत जस्तो हिलाम्मे बाटोमाथि खुट्टा गाड्दै अनि कहिले छाप्रे पसलमा चिया नास्ता खाँदै अघी बढ्यौं  । दुबै जनाको सल्लाह  बुद्ध मन्दिरमा बास बस्ने

घोंडा चढेर गन्तब्य तर्फ अघी बढ्दै यात्रीहरु

घोंडा चढेर गन्तब्य तर्फ अघी बढ्दै यात्रीहरु

थियो तर हिँडाइको असन्तुलित गतिका कारणले लुकामारी खेले जस्तै कहिले को अगाडी त कहिले को अगाडी गर्दै अघी बढ्दै जाँदा दुइ जना छुट्टियौं । सँगै बास बस्न गुँड तिर उडेका चराहरु छुटि्ए जस्तै भयौं । म चाहिं दुइ जनाको सल्लाह अनुसार नै तल बुद्ध मन्दिर मा बस्ने निर्णय गरे तर मेरो साथी निर्मल भने माथि कुण्ड तिरै लागेछन् । बास बस्नलाई सँगै हिंडेको साथी सँग छुट्टिदको न्यास्रोपना त छँदै थियो त्यसमाथि पातलो हावामा सास फेर्न परेको साह्रो गाह्रो र उकालो चढ्दा लगाएको पातलो लुगाका कारण चिसोले शरिर माथि  धावा बोली रहेको थियो।

मैले लेकम जाँदा अप्नाउनु पर्ने अधारभुत सावधानिको नियम मिचिरहेको थिएँ- साथम न्यानो र बाक्लो लुगा नराख्न्नु । सँगै बसेका अरु अल्लारे ठिटाहरु भने लेक लाग्छ भन्दै झ्वाँइ खट्टे खाँदै थिए । चार हजार मिटर अग्लो लेकको रातको चिसोनै शरिरलाई बिमार पार्न पर्याप्त थियो तर बिछोडिएको साथीको पिरले मेरो मनलाई अझ बिमार पार्दै थियो । जे-जस्तो भए पनि भोली त सबेरै उठेर हिंड्नु थियो, मन गह्रुङ्गो भए पनि गह्रुङ्गै कम्मल ओढेर म निदाउन थालें ।
भोली पल्ट भने म बिहान सबेरै उठेछु र बाटोमा मान्छेको आवत जावत शुन्य जस्तै थियो । मैले बाहिर खुला तर भिरालो परेको मैदानमा उभिएर एक पल्ट बिहानिको पहिलो प्रहर सँग साहिनो गाँस्न थालेँ । बर्षातको समय भएकोले आकाश पुरै सफा थिएन, सेता र काला बादलहरु गन्तब्य हराएको यात्री जस्तै यता उता उडिरहेका थिए ।

एक दिन भरी पुरै लगाएर चढेको चार हजर मिटर अग्लो उचाइको म बसेको ठाउँलाई पनि लिलिपुट्लाई जस्तै होच्याउँदै उत्तरतिर गणेश हिमाल र लाङ्टाङ हिमाल अजङ्ग् साथ उभिएका थिए ।  नजिकैको हिमाल देख्दा लाग्थ्यो कि हात अलिकती तन्काए भने त म हिमाल छुन सक्छु अनि कता कता मनमा एक पल्ट हिमाललाई अङ्गालो हालेर चुम्ने रहर जागिरहेको थियो । कोही भन्दै थियो- हो त्यो हिमाल पारी चाइना पर्छ भनेर र मलाई इतिहसकारहरुले भन्ने गरेको कुरा सजिब वास्तविकता जस्तै अनुभुती भैरहेको थियो कि यि अग्ला हिमालहरु हाम्रो सुरक्षाका लागी ईश्वरले बनाइदिएका प्राकृतिक परखालहरु हुन् । मैले सुनेको थिएँ हिमालबाट बगेको हावामा अध्यात्मिक शक्ती हुन्छ भनेर तर आज म त्यो अनुभुती गर्दै थिएँ ।

चट्टाने पहाड हुँदै गोंसाईकुण्ड जाने बाटो

चट्टाने पहाड हुँदै गोंसाईकुण्ड जाने बाटो

पारी डाँडाहरुमा भर्खरको बर्षातले उमारेको हरियो दुबो र घाँसले, पहाड हरियो पछ्यौरा ओडेर बसेकि,पूर्ण यौवनाले भरिएकी सुन्दर युवती जस्तै देखिन्थ्यो । यि हरिया अग्ला पहाडहरु साँच्चै नै जो कोहिलाई पनि रुमानी कल्पनाम डुबाएर सम्मोहित पार्न सक्छन् । सायद यही हरिया भिराला मैदानहरुमा चौँरी चराउँदै हिंड्दा कती तामाङ केटा केटीहरुलाई प्रेम गर्ने प्रेरणा मिल्यो होला, यि हरिया घाँसे मैदानले ढाकेको भिरालो पहाडहरुमा कती प्रेमका कथाहरु चिसो हिमाली हावाको सहारामा डाँडाकाँडाहरुमा ठोक्किंदै गुञ्जिरहन्छन् होला । यि सुन्दर अनि निर्मल पहाडहरु साक्षी हुन् यहाँका अनेकन् मार्मिक कथाहरुको । म कल्पना गर्छु – तल जमिनको सतह पनि नदेखिने यति अग्लो काहाली लाग्दो पहाडबाट कहिले काहिं चौँरी अनि गोठालाहरु खस्दा माथि गोसाँइकुण्ड्को पानी आँसु बनेर बग्दै तल भैरब कुण्डमा मिसिएर सँगै बियोग गर्दा हुन् ।

यस्तै कल्पना र रोमाञ्चक्ताको भारी बोकेर म हाम्रो यात्राको अन्तिम गन्तब्य तर्फ अघी बढ्दै थिएँ, अनि अग्ला अग्ला चट्टाने पहाडहरुले शालिनतासाथ सबैलाई स्वागत गरिरहेको थियो । करिब एक घण्टाको हिँडाइ पछी गोसाँइकुण्ड पुगियो । यहाँ आएर हेर्दा लाग्छ साँच्चै नै प्रकृती बिचित्रको छ । यति अग्ला अग्ला चट्टाने पहाडहरुको बिचमा यती ठुल्-ठुला कुण्डहरुको निर्माण गर्न प्रकृतिले कुन इन्जिनिएरलाई बोलायो होला ? बिहानि प्रहरको पारिलो घाम कुण्डको पानीमा ठोक्किंदा कुण्ड मोती जस्तै चम्किरहेको थियो, पर क्षितिजमा अलि अलि खुलेको निलो आकाशलाई भेट्न पहाड अग्लिदै गए जस्तो देखिन्थ्यो र ताल वरिपरिका पहाड्हरु तल कुण्डको पानीमा ऐना हेर्दै शृङ्गार गर्न ब्यस्त भए जस्तो भान हुन्थ्यो ।

शालिन मुद्रामा - गोंसाईकुण्ड

शालिन मुद्रामा – गोंसाईकुण्ड

प्रकृतिको फ्रेममा सजिदै

प्रकृतिको फ्रेममा सजिदै

धेरै ॠषिमुनिहरुले यस्तै हिमाल पहाड्को काखमा ब्रम्ह दर्शन पाएर मुक्ती प्राप्त गरे होलन् । साँच्चै नै यहाँको सारा अस्तित्त्वमा पर्मात्मले अनन्त सत्यको सन्देश बोकाएर पठाए जस्तो थियो । यहाँको हावा यता उता वह्ँदा कुनै तिब्बती भिक्षुले मन्त्र पढे जस्तो लाग्थ्यो अनि बिहानिपखको पारिलो घाम वरिपरिका पाखा पखेरामा ठोक्किएअर चम्किदा अन्तर्मनको चेतनाको दियो बले जस्तो अनुभव हुन्थ्यो । यस्तै अग्ला पहाडहरुमा अवस्थित बिशाल जल भण्डार बाट साना साना खोला बग्दै नदी बनेर बिशाल समुन्द्रमा मिसिन जन्छन् रे । युद्ध बाट बर्षौं पछी फर्केको योद्धाले जस्तै यि जल भण्डारबाट अबिरल बगिरहेको जल धाराले पनि सायद हजरौं माइलको दुरी पार गरेर यहाँको कथा ब्यथा समुन्द्रलाई लगेर सुनाउँदो हो ।

शिवजिले गाँजा खाएर धुँवा उडाए जस्तै, जसै बिहान छिप्पिदै थियो कुहिरोले वरिपरिको पहाड्हरुलाई ढाक्दै थियो त्यसैले हामी हाम्रो यात्राका भोगाइहरुलाई सम्झनाको मालामा उनेर फर्किने तयारी गर्दै थियौं । छपक्कै छोपेको कुहिरोले गर्दा बाटोमा हिंड्दा कहिले काहिं सुन्यमा उडे जस्तो अनुभुती भैरहेको थियो भने अर्कोतिर यती सुन्दर ठाउँलाई सम्झनामा मात्र बोकेर फर्किनुपर्दा मनमा असजिलो महसुस भैरहेको थियो । कता कता मनमा लागिरहेको थियो यतै एउटा तामाङ्नी केटी सँग गणेश हिमाल साक्षी राखी मन साटेर बसुँ अनि यहाँका अग्ला पहाडहरुको घाँसे मैदानमा चौंरी चराउँदै, हिमालको टकुराबाट बगेर आउने हावासँग सुसेल्दै अनि यहाँको पाखा पखेरा, खोला नाला सँग मित लाउँदै म पनि मेरो सपनको घर यतै बसाँलु कि भनेर । तर मैले जती रहराउन सके त्यती हिम्मत गर्न सकिन मेरो सपनाको संसारलाई साकार पार्न।

पृष्ठ्भुमिम- गोंसाईकुण्ड तलपट्टी अव्स्थित भैरब्कुण्ड ताल र वाक्लिदै आएको कुहिरो

पृष्ठ्भुमिम- गोंसाईकुण्ड तलपट्टी अव्स्थित भैरब्कुण्ड ताल र वाक्लिदै आएको कुहिरो

ए खोला मेरो पनि एउटा बिन्ती छ तिमीसँग कि मेरो कथा पनि तिमी आफुसँग बोकेर लानु अनि तिमीले बाटोमा भेट्ने सारा वटुवाहरुअलाई सुनाइदिनु र अन्त्यमा समुन्द्रमा लगेर सेलाईदिनु ।

Advertisement
This entry was posted in Uncategorized. Bookmark the permalink.

1 Response to TOUR DE – GOSAINKUNDA

  1. Rajan Khadka says:

    keep it up!!!!

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s